देश

तिब्रगतिकाे कार रूखमा ठोकिदा एकको मृत्यु, पाँच घाइते

तिब्रगतिकाे कार रूखमा ठोकिदा एकको मृत्यु, पाँच घाइते
चैत ५ । इटहरीबाट धरान गइरहेको बा१५च २०६३ नम्बरको कार चारकोसे जंगलको सेउतीनजिकै सडक किनारमा दुर्घटना हुँदा सो कारमा यात्रारत् धरान–१२ का विष्णु लिम्बूको घटनास्थलमै मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीकाअनुसार शनिबार दिउँसो ३ बजेतिर तीव्रगतिमा रहेको उक्त कार सडक किनारमा रहेको रुखमा ठोक्किन पुग्दा अन्दाजी वर्ष ४५ का विष्णु लिम्बूको घटनास्थलमा मृत्यु भएको हो । यो घटनामा अन्य पाँचजना घाइते भएका छन् । लिम्बूकी श्रीमती ३७ वर्षीया दिलकुमारी, पाँच महिने शिशु तथा कारचालक एवं कारधनी राजेन्द्र ल्वागुन, उनका १० वर्षीय छोरा नीरज ल्वागुन र श्रीमती सुशीला ल्वागुन घाइते भएको र उनीहरु सबैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ ।

road accident

विशेष