समाज

हेलो सरकारबाट १० प्रतिशत मात्र सन्तुष्ट

हेलो सरकारबाट १० प्रतिशत मात्र सन्तुष्ट
चैत्र ६ । गुनासोः पेटीबाट हिँडौं खनेका छन्, कि पसल, कि त निर्माण समाग्री छन् । सडकमा हिँडौं ट्याक्सी, माइक्रोबसले सिधैं माथि पुर्याउला भन्ने डर । हेल्लो सरकार के गरौं ? जवाफः चारैतिर विचार पुर्याएर हिँड्न उचित छ । आफ्नो सुरक्षाको ध्यान दिने पहिलो दायित्व आफ्नै हो । यो संवाद् अहिले ट्विटर प्रयोगकर्तामाझ हाँसीमजाकको बिषय बनेको छ । बिहीबार डा. सुधांशु केसीले सडकमा पैदलयात्रीले भोग्नु परेको समस्याबारे ट्वरमार्फत हेल्लो सरकारमा गुनासो गरेका थिए । लगत्तै हेल्लो सरकारले ट्विटरमार्फत नै उक्त जबाफ दिएको थियो । यसलाई धेरैले हाँसोको विषय बनाएर ट्विट गरेका छन् । नेपाल सरकारसमक्ष आउने गुनासोको शीघ्र सुनुवाइ गराउने उदेश्यले स्थापना गरिएको ‘हेल्लो सरकार’मा गुनासो आउनेक्रम बढ्दो छ । तर गुनासो सुनुवाई कार्यान्वयन दर न्यून हुँदा यसप्रति गुनासोकर्ताको विश्वास भने घट्दै भएको देखिन्छ । कार्यालयमा चालू आथिक वर्षको माघ मसान्त सम्म नौ हजार एक सय ३१ गुनासो दर्ता भएका छन् । जसमध्ये ६ हजार ६ सय ६ट गुनासोको मात्र फस्यौट भएको छ । फस्र्योट भएका गुनासो कार्यान्वयनको दर करिब २० प्रतिशत रहेको कार्यालका प्रमुख एं उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले बताए । नागरिक

Hellow Sarkar

विशेष