खेल

स्पेनिस ला लिगामा रियलले एथ्लेटिक बिल्बाओलाई हरायो

स्पेनिस ला लिगामा रियलले एथ्लेटिक बिल्बाओलाई हरायो

चैत ६ । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउदै रियाल मड्रिडले उपाधि यात्रा बलियो पारेको हो । खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र क्यासेमिरोले एक–एक गोल गरे । जीतसंगै रियाल मड्रिडले बार्सिलोनासंग ५ अंकको अग्रता बनाएको छ ।

त्यस्तै गए राति नै भएको अर्को खेलामा रियाल बेटीसले ओसासुनालाई २–० ले हराउँदा आलाभेजले रियाल सोसिडाडलाई १–० ले पराजित गर्याे।

गएरातिका खेलपछि स्पेसिन ला लिगाको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ६० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा रहंदा तेस्रो स्थानको सेभियाको ५७ अंक छ । बार्सिलोनाले आज राति हुने खेलमा भ्यालेन्सियासँग खेल्नेछ ।

Real Madrid

विशेष