प्रवास

युएईमा नेपालीको सवारी दुर्घटनामा निधन

युएईमा नेपालीको सवारी दुर्घटनामा निधन
चैत्र ६ । संयुक्त अरब ईमिरेट्स (युएई)को अलऐन सवारी दुर्घटनामा परी नेपालीको निधन भएको छ । युनाईटेड सेक्युरिटी ग्रुप कम्पनी अलऐनमा कार्यरत कन्चनुपर दैजी २ बसन्त थलाका निराजन शाहीको गएको बिहीबार राति कार दुर्घटनामा परेर निधन भएको हो । आफु संगै कार्यरत साथीहरुसँग नजिकैको सपिङ मलबाट कम्पनीको कोठामा फर्कर्ने क्रममा दुर्घटना भएको उनी कार्यरत युनाइटेड सेक्युरिटी ग्रुगप कम्पनीले जानकारी दिएको छ । युएई सरकारको कानुनी प्रक्रिया पूरा भए लगत्तै सवलाई नेपाल पठाईने ’नेपाली दूतावास युएई’ले समेत जानकारी दिएको छ । शाहिका आमा बाबु एक दिदी र भाइ रहेका छन् ।

Nepali Death

विशेष