खेल

मैदानबाट बाहिरिँदा निराश भए रोनाल्डो

मैदानबाट बाहिरिँदा निराश भए रोनाल्डो
चैत्र–६ । पोर्चुगिस कप्तान तथा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो शनिबारको खेलमा जित निकाले पनि निराश देखिए । ला लिगा अन्तर्गत एथ्लेटिक विल्बाओ क्लबसँग भएको खेलमा रोनाल्डो दुई गोलका लागि अवसर मिलाइदिएका थिए । उनको पासले मड्रिड एथ्लेटिकसँग २–१ को जित दर्ता गर्न सफल बन्यो । तर, खेलको ७९ औं मिनेटमा प्रशिक्षक जिदानले रोनाल्डोलाई मैदानबाट बाहिर निकालेपछि उनी निराश हुँदै मैदानबाट बाहिरिएका थिए । त्यतिमात्र नभई उनी मैदानबाट बाहिरिँदा प्रशिक्षक जिदान र उनको स्थानमा मैदान प्रवेश गर्न लागेका इस्कोसँग हात मिलाउँदा अनुहारमा समेत राम्रोसँग हेरेनन् । स्पेनिस पत्रिका मार्काले रोनाल्डालाई आफूलाई रिप्लेस गर्दा मलाई नै किन ? भनेर रिसाएको उल्लेख गरिएको छ । त्यसो त यसअघि पनि केही खेलमा प्रशिक्षक जिदानले रोनाल्डोलाई खेलको बीचमै निकाल्ने गरेका थिए । रोनाल्डोलाई खेल सकिनु अघि नै रिप्लेस गर्दा रोनाल्डो प्रशिक्षकसँग रिसाउने गरेका थिए । सबैभन्दा उत्कृष्ट र महत्वपूर्ण भूमिका खेल्न सक्ने रोनाल्डोलाई खेल दौरानकै बीचमा मैदानबाट निकाल्दा समर्थकहरुले प्रशिक्षकको आलोचना गर्दै आएका छन् । जारी सिजन ला लिगामा धेरै गोल गर्नेको सूचीमा रोनाल्डो तेस्रो स्थानमा छन् । रोनाल्डोले अहिलेसम्म १९ गोल गरेका छन् भने बार्सिलोनाका लुइस स्वारेजले २१ तथा लियोनल मेसीले २३ गोल गरेका छन् ।

क्रिष्टियानो रोनाल्डो जिदान रियल मड्रिड

विशेष