प्रवास

विदेशी जेलमा छन् दुई सय ३१ नेपाली, कतिपयलाई मृत्युदण्डको सजाय

विदेशी जेलमा छन् दुई सय ३१ नेपाली, कतिपयलाई मृत्युदण्डको सजाय

चैत ७ । वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् ।

हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् । प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार साउदीमा ७६, कुवेतमा ६१, कतारमा ५०, युएईमा १९, मलेसियामा १३, बहराइनमा ६, ओमनमा ३, कोरियामा २ र इजरायलमा २ गरी २ सय ३१ जना नेपाली जेलमा छन् ।

कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्षे जेल सजाय काटिरहेका छन् भने सात जनाको मुद्दा अदालती प्रक्रियामा छ ।

यसैगरी साउदी अरबको जेलमा रहेका ७६ मध्ये एकजनासँग ब्लडमनी लिन सहमति भएपनि रकम तोकिएको छैन । मलेसियाको जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एक जनालाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाइृ भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ ।

दुबईको जेलमा रहेका मध्ये १९ जनामध्ये एक जनालाई मृत्युदण्ड, दुई जनालाई जन्मकैद, चारजनालाई ब्लडमनि अन्य थप तीन जनालाई मृत्युदण्ड हुन सक्ने अवस्था रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियमा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ ।

अन्नपूर्ण पोस्ट

Bidesi Jail

विशेष