खेल

स्पेनिस ला लिगामा बार्साद्वारा भ्यालेन्सिया ४–२ ले पराजित

स्पेनिस ला लिगामा बार्साद्वारा भ्यालेन्सिया ४–२ ले पराजित
चैत ७ । स्पेनिस लिग फुटबलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले सहज जित हात पारेका छन् । लिग तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ ले हरायो । बार्साका लागि लियोनल मेस्सीले दुई गोल गर्दा लुईस सुवारेज र आन्द्रे गोमेजले एक–एक गोल गरे । भ्यालेन्सियाका मांगाला र मुनिर अल हदादीले दुई गोल फर्काए । ला–लिगाअन्तर्गतको अर्को खेलमा एथ्लेटिको मड्रिडले सेभियालाई ३–१ ले हराएको छ । गएरातिका अन्य खेलमा स्पोर्टिङ गियोनले ग्रानाडालई ३–१ ले हराउँदा सेल्टा भिगोले डेपोर्टीभो लाकोरुनालाई १-० ले हराएको छ । गएरातिका खेलपछि ला–लिगाको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको बार्सिलोना ६३ अंकको साथ दोस्रो तथा सेभिया ५७ अंकसहित तेस्रो स्थानमा छन् ।

Barsilona la liga

विशेष