समाज

सर्वोच्चले आइजी विवादको आज टुंगो लगाउँदै

सर्वोच्चले आइजी विवादको आज टुंगो लगाउँदै

चैत्र ७ । प्रहरी महानिरीक्षक आइजी सिफारिस मुद्दाको अन्तिम छिनोफानो सर्वोच्च अदालतले आज गर्दैछ । आइतबारदेखि प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको बृहद पूर्ण इजलासमा सुरु भएको सुनुवाइ आज पनि हुँदैछ । निवेदक तर्फका कानुन व्यवसायीको बहस आइतबार सकिएको छ । आज बढीमा दुई सरकारी वकिल र निवेदकको संक्षिप्त जवाफपछि अन्तिम फैसला आजै आउने सम्भावना छ ।

प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’मा अन्तिम सुनुवाइका क्रममा छ ।

इजलासमा विवाद

इजलाससँगको विवादपछि आज विपक्षीका तर्फबाट बढीमा दुई सरकारी वकिलले मात्र बहस गर्नेछन् । मुद्दाको सुरुदेखि बहस गर्दै आएका सहन्यायाधिवक्ता डा. रेवतीराज त्रिपाठी र उपन्यायाधिवक्ता टेकेन्द्र दाहालले मात्र बहस गर्नेछन् ।

चन्दका वकिलले बहस गर्ने

इजलासको निश्पक्षतामा प्रश्न उठाउँदै आइजिपीमा सिफारिस डिआइजी जयबहादुर चन्दको तर्फबाट कानुनी प्रतिरक्षा गरिरहेका कानुन व्यवसायीले आज बहस नगर्ने भएका छन् । महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठसहितका उच्च सरकारी वकिलले आइतबारको बहस बहिस्कार गरेका थिए ।

आइतबार निवेदक अधिवक्ता कपिलदेव ढकाल र डिआइजी सिलवालका तर्फबाट भने वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, बालकृष्ण न्यौपाने, तुलसी भट्ट अधिवक्ताहरु बाबुराम कुँवर, अधिवक्ता हरि फुँयाल, ओमप्रकाश अर्याललगायतले भने बहस गरेका थिए ।

IG Bibad sarbochha adalat

विशेष