इतिहासमा आज

इतिहासमा आजः गिरिजाप्रसाद कोइरालाको निधन

इतिहासमा आजः गिरिजाप्रसाद कोइरालाको निधन
चैत्र ७ । नेपाली कांग्रेसका तात्कालिन सभापति गिरिजा प्रसाद कोइरालाको जन्म १९८१ साल असार १८ गते भारतको विहारमा भएको थियो । बाबु कृष्ण प्रसाद कोइरालाका कान्छा छोराका रुपमा जन्मेका कोइरालाको मृत्यु २०६६ साल चैत्र सात गते मध्यान्ह १२ बजेर १० मिनेटजाँदा  भएको थियो । कोइराला चारपटक प्रधानमन्त्री भएका थिए । उनि सन १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६ देखि २००८ सम्म प्रधानमन्त्री भएका थिए । परिवार जीवन गिरिजा प्रसाद कोइराला भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.स. १९८१ असार १८ मा जन्मेका हुन् । भारत निर्वासित भएका उनका माता पीताको कोखमा जन्म भएको थियो । कोइरालका दुई दाजुहरु वि.पी. कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए । सन् १९२९ मा परिवारसँगै नेपाल फर्केका गिरिजाले सुष्मा कोइरालासित विवाह गरे । सुजाता कोइराला गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । राजनीतिक यात्रा २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरे, जुन पछि नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनिन थाल्यो । २००८ सालमा गिरिजा प्रसाद कोइराला नेपाली काङ्ग्रेस मोरङ जिल्लाको सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई उनलाई गिरफ्तार गरी कैद नगरुन्जेल सम्म सो कार्यभार सम्हालिरहे । १९६७ मा उनको रिहाइ पछि गिरिजा प्रसाद कोइराला पार्टीका कार्यकर्ताहरू र नेताहरूसँग भारततिर निर्वासित भए र २०३५ सालमा नेपाल फर्किए । गिरिजा प्रसाद कोइराला २०३१ साल देखि २०४७ साल सम्म नेपाली काङ्ग्रेस पार्टीको महासचिव भए । २०४६ सालको जनआन्दोलन पश्चात नेपालको पहिलो बहुदलीय लोकतान्त्रिक निर्वाचनमा उहाँ मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ५ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भए । २०६३ बैशाख ११ को लोकतान्त्रिक आन्दोलन पछि प्रतिनिधि सभाको पुनर्बहाली पछि सात दलका नेताहरूकोद्वारा गिरिजा प्रसाद कोइराला पुन नेपालका प्रधानमन्त्री बनाईए । निधन गिरिजा प्रसाद कोइरालाको निधन २०६६ चैत्र ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो । उनको दाहासंस्कार चैत्र ८ गते पशुपतिनाथको मन्दिर नजीक आर्यघाटमा हिन्दू परम्परा अनुसार गरियो ।

Girija Prasad Koirala

विशेष