स्वास्थ्य

मुख स्वास्थ्य दिवस आज विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाइदै

मुख स्वास्थ्य दिवस आज विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाइदै
चैत ७ । मुख स्वास्थ्य दिवस आज मनाइँदै छ । विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ दिवस मनाउन लागिएका हो । मुखको स्वास्थ्यमा ध्यान नदिँदा गम्भीर खालका रोग लाग्ने गरेको डाक्टरले बताएका छन् । खान खाइसकेपछि दन्तमञ्जनले दिनमा दुईपटक दाँत माझ्नाले गिजा र दाँतलाई बचाउन सकिने, फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्दा दुई मिनेटमा ९५ प्रतिशत मुखको ब्याक्टेरिया हटेर जाने डाक्टरहरुले बताउँछन् । यस्तै शहरी क्षेत्रमा स्कूले विद्यार्थीमा तयारी खाना तथा खाजाका कारण दाँत सड्ने समस्या बढी देखिएको पाइएको छ । डाक्टरले शरीरका अरु अंग जस्तै दाँतको पनि नियमित जाँच गराउनु पर्नेमा जोड दिएका छन् । मधुमेह, उच्च रक्तचाप, क्यान्सरलगायतका रोग छरछैन भनेर मुखको जाँच गर्दा थाहा पाउन सकिने पनि डाक्टरहरुको सुझाव रहेको छ ।

World Mouth Day

विशेष