स्वास्थ्य

स्तन आकर्षक बनाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

स्तन आकर्षक बनाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

चैत्र ६ । सुन्दर बन्ने रहर कस्लाई नहोला र विशेषगरी महिलाहरु यसमा बढि चासो दिने गर्दछन् । यो स्वभाविक पनि हो । किनकि महिलाहरुलाई सौन्दर्यको प्रतिक पनि मानिन्छ ।

महिलाहरु विशेषतः आफ्नो शारीरिक बनावटलाई लिएर चिन्तित हुने गर्दछन् । फलस्वरुप एकले अर्काको शरीरिक बनावट हेरेर आफूलाई दाँज्ने गर्दछन् । आफ्नो भन्दा अरुको पुष्ट शरीर देखेर मनमा जलन हुनु पनि स्वभाविक नै हो ।

महिलाको स्तन पनि एक आकर्षक अङ्ग मध्येको एक हो । धेरै महिला स्तन सानो भयो भनेर चिन्ता व्यक्त गर्ने गर्दछन् । विभिन्न देशमा गरेको अध्ययनमा स्तनलाई आकर्षक बनाउन केहि घरेलु उपाएहरु अपनाउनु पर्ने हुन्छ ।

लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तनको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो हुन सक्छ । स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरका अनुसार म्याट्रिसमा केही घन्टा दबार राख्दा तपाईको स्तनहरुको लिगामेन्ट्स अर्थात कोषिका र नशाहरु तन्किन्छन जसले गर्दा तपाईको स्तन भद्दा देखिन्छ ।

बारम्बारको प्रयोगपछि ब्रामा राखिएको रबर तन्किने गर्दछ । हेल्थ नामक एक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार झोल्लिएको ब्रा लगाउदा स्तन, घाँटी, र काँधमा पीडा हुन्छ । तसर्थ तपाईले ब्रा परिवर्तन गर्नुपर्ने हुन्छ । तर ज्यादै कसिलो ब्रा भने लगाउनु हुँदैन ।

कसैको स्तनको मुन्टोमा रौ पलाएको हुन्छ जसका कारण महिलाले स्तनको रौ खुर्कन्छन् । संक्रमणको सम्भावना भएकोले यस सम्बेदनशिल अंगमा ब्लेड लगाएका धारिला सामाग्री प्रयोग नगर्न जर्नल अफ फिजिकल एक्टीभिटी एन्ड हेल्थले सुझाब दिएको छ ।

अहिले टाटुको क्रेज महिलाहरुमा पनि देख्न सकिन्छ । हात, पाखुरा, खुट्टा मात्र नभएर संवेदनशिल अंगमा पनि टाटु खोपेको पाइन्छ र यो हानीकारक पनि छ । स्तनमा टाटु खोप्दा संक्रमण, व्लिड्रि, नसामा नै अशर गर्ने लगायत विभिन्न एलर्जी हुने गर्छ । अमेरिकन जर्नल अफ क्लिनिकल डर्मेटोलोजीमा प्रकाशित एक अध्ययन अनुसार स्तनमा छेड्दा हेपटाइटिस बी र सीको संक्रमण हुन्छ ।

स्तनमा मासु पलाएमा पनि ध्यान दिनुपर्ने हुन्छ । यदि स्तनमा सानो डल्ला वा गाँठो देख्नुभयो भने तत्काल सम्बन्धित विज्ञको सहयोगमा उपचारको बाटोतिर लाग्नुपर्ने हुन्छ ।

Woman Breath

विशेष