खेल

झापामा जुडाे प्राथमिक विद्यालय बन्ने

झापामा जुडाे प्राथमिक विद्यालय बन्ने
चैत्र–७ । झापामा १६ लाख रुपैयाँको लागतमा जुडो प्राथमिक विद्यालयको पक्की भवन निर्माण हुने भएको छ । कुमरखोद–६ मा बन्न लागेको उक्त दुईकोठे पक्की भवनको आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गरे । जुडो खेलको नामबाट स्थापित नेपालकै पहिलो नमुना विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाइ हुने गरेका छन् । विद्यालयमा चार सय विद्यार्थी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले बताए । उनले अन्य विषयसँगै मार्सल आर्टका बारेमा पनि पढाइ हुने यो नेपालकै पहिलो विद्यालय भएको दाबी गरे । जिल्ला शिक्षा कार्यालय, झापाबाट प्राप्त १६ लाखको बजेटबाट उक्त विद्यालय भवनको निर्माण कार्य सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृत्यराज विष्टले बताए । सो अवसरमा सचिव विष्टले भवन निर्माणका लागि राखेपमार्फत नगद पाँच लाख सहयोगस्वरुप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । भवन अभावमा अहिले बाँसको चित्राले घेराबेरा गरी कक्षा कोठा निर्माण गरिएको छ ।

जुडाे झापा प्राथमिक विद्यालय

विशेष