समाज

ट्रकले ठक्कर दिँदा एसईई परीक्षार्थीको मृत्यु

ट्रकले ठक्कर दिँदा एसईई परीक्षार्थीको मृत्यु
चैत्र–७ । एसईई परीक्षा दिन गइरहेकी एक परीक्षार्थीको दुर्घटनामा परी मृत्यु भएको छ । सोमबार विहान बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सप्तरीको १६ वर्षीया नितु कुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । ना.१ क ५२०० नम्बरको ट्रकको ठक्करले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप ७ रुपनगर चोकमा ठक्कर दिएको थियो । हनुमाननगर कंकालिनी नपा १ भारदहको बिपी माविकी छात्रा ठाकुर साथीहरुसँगै कञ्चनरुप नपा ७ रुपनगरस्थित शंकर माविमा परीक्षा दिन गइरहेकी थिइन् । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कानुनी कारबाही सुरु गरेको जनाएको छ ।

एसईई परीक्षा ट्रक ठक्कर मृत्यु सप्तरी

विशेष