समाज

बसको ठक्करबाट चित्तल मर्‍यो, बस नियन्त्रणमा

बसको ठक्करबाट चित्तल मर्‍यो, बस नियन्त्रणमा
चैत्र–७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको सतवरिया क्षेत्रमा बसको ठक्करबाट एउटा चित्तल मरेको छ । लमही नगरपालिका–७ को सतवरिया र अर्जुन खोलाको बीचमा पर्ने हस्नापुर जाने प्रतीक्षालयनजिकै बसको ठक्करबाट सोमबार (आज) बिहान एउटा चित्तल मरेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट जाजरकोटतर्फ जाँदै गरेको ना ६ ख ४०५ नम्बरको बसले आज बिहान राजमार्गबाट बाटो काट्दै गरेको चित्तललाई ठक्कर दिँदा मृत्यु भएको हो । ठक्कर दिइने बसलाई बाँकेको कुसुम प्रहरीले पक्राउ गरेको छ । बसको ठक्करबाट मृत्यु भएको चित्तल अन्दाजी ४० किलो तौल को पोथी रहेको छ । उक्त चित्तललाई सेक्टरबन कार्यालय गढुवाको टोलीलाई जिम्मा लगाइएको प्रहरीले बताएको छ । रासस

चित्तल दाङ पूर्व–पश्चिम राजमार्ग बस

विशेष