खेल

रोनाल्डो बने प्लेयर अफ द इयर

रोनाल्डो बने प्लेयर अफ द इयर

चैत्र ८ । रियल म्याड्रिड एवं पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको ‘प्लेयर अफ द इयर’को उपाधि जितेका छन् ।

रियलबाटै व्यवसायिक फुटबल खेल्दै आएका डिफेन्डर पेपे र गोलरक्षक रुइ प्याट्रिसिओलाई पछि पार्दै उनले सो उपाधि जितेका हुन् ।

सन् २०१६ मा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जित्दा फाइनल खेलमा एट्लेटिकोसंग निर्णायक पेनाल्टि प्रहार गरेका रोनाल्डो उक्त प्रतियोगिताको उच्च गोलकर्ता पनि बनेका थिए। उनले प्रतियोगिता अवधिभर ऐतिहासिक १६ गोल गरेका थिए।

यसैगरी राष्ट्रिय टोलीका लागि पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डोले युरो २०१६को उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए। यसैको फलस्वरुप उनले २०१६को ब्यालन डि’ओर र फिफा द बेष्ट को उपाधि पनि जितेका थिए ।

युरो २०१६मा चर्चित रहेका रेनाटो स्यान्चेस उत्कृष्ट युवा खेलाडी घोषित हुँदा राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक फर्नान्डो स्यान्टोस उत्कृष्ट प्रशिक्षक चुनिए ।

Ronado

विशेष