समाज

बढुवाको आशमा ५५ बर्षे उमेरमा परीक्षा

बढुवाको आशमा ५५ बर्षे उमेरमा परीक्षा

दीपबहादुर घर्ती जाजरकोट, चैत्र ८  । भगवती–३ औलगुर्ताका ५५ बर्षिय मालबहादुर शाही यसबर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) दिई रहेका छन् ।

जिल्ला सदरमुकाम खलंगा देखि पुर्वमा रहेको विरेन्द्र हिमालय उच्च माध्यामिक बिद्यालय, भगवति–२ तल्लु परिक्षा केन्द्रवाट ५५ बर्षिय शाही चश्मा लगाएर परिक्षामा उत्तरपुस्तीकामा कलम चलाई रहेका छन् । ३१ बर्ष पहिले देखि हुलाक हल्काराको जागिर गरीसकेका मालबहादुर शाही यस बर्ष माध्यामिक शिक्षा परीक्षा (एसइई) सामेल भएका छन् ।

३१ बर्ष सम्म सरकारी सेवामा रहेका शाहीको फाईल बढुवा हुन नसकेपछि गे्रड सि भन्दा माथिको नम्बर ल्याएर एसइई पास हुन माध्यामिक शिक्षा परीक्षामा शाही सहभागी भएका हुन् । माध्यामिक शिक्षा सटीफिकेटको अभावमा सरकारी सेवाको फाईल बढुवा हुन नसकेपछि आफुले सटीफिकेटको लागि पनि परीक्षा दिई रहेको शाहीले वताए ।

यस बर्षको परिक्षामा सि गे्रड भन्दा कम नम्बर आएमा आगामी बर्षको परिक्षामा पनि सहभागी हुने शाहीले जानकारी दिए । छोरा-छोरीले दिएको उत्प्रेरणाले ५५ बर्षको उम्मेरमा परिक्षा दिन आफुलाई जोश जागेको शाहीले वताए । माध्यामिक शिक्षा परीक्षा उतीर्णा सटिफिकेट प्राप्त गरेर ३१ बर्षको सरकारी सेवावाट बढुवा हुने आफ्नो उत्कट चहाना रहेको शाहीले बताए ।

यस बर्ष जाजरकोटवाट सञ्चालन गरिएको माध्यामिक शिक्षा परीक्षामा ५५ बर्षिय शाहीको सहभागिताले तमाम बालबालीकाहरुमा नयाँ स्फुर्ती पैदा गरेको जिल्ला शिक्षा अधिकारी ललित बिक्रम सिंहले वताए । ज्ञान तथा शिक्षा हासिल गर्नको लागि उम्मेरले मान्छेलाई कुनै रोक छेक नगर्ने जिशिअ सिंहको तर्क छ ।

परिक्षामा ५५ बर्षिय शाहीको सहभागिताले जिल्ला सदरमुकाम खलंगा देखि ३५ कोष टाडाको दुरीमा रहेको डोल्पा जिल्लासंग जोडिएको तल्लु परिक्षा केन्द्रलाई निक्कै सशक्त बनाएको पत्रकार जनक केसीले वताए । परिक्षा केन्द्रको एउटै कोठा भित्र विजातीय उम्मेरका परीक्षार्थीको सहभागिताले परिक्षा निक्कै रोचक तथा आकर्षक देखिएको पत्रकार केसीको भनाई रहेको छ । उक्त केन्द्रमा परिक्षा दिने तपोभुमि माध्यामिक विद्यालय ध्यारगाउँ, पञ्चभैयार मावि जिकुवा, नेपाल राष्ट्रिय मावि औलगुर्ता, जानकी मावि मैदे र त्रिभुवन मावि दल्लीका विद्यार्थीहरु रहेका छन् । ३ सय ३१ जना विद्यार्थीहरुले यस परिक्षा केन्द्रवाट परीक्षा दिई रहेका छन् । यस परिक्षा केन्द्रवाट परिक्षा दिने नियमित तर्फका विद्यार्थीहरु छात्रा १ सय ३७, रहेका छन् भने, छात्र १ सय ३७ नै रहेका छन् । त्यसैगरी आंशिकतर्फ छात्र ११ जना रहेका छन् भने, छात्रा १४ जना रहेका छन् ।

ग्रेडवृद्धि तर्फ छात्र १३ जना रहेका छन् भने, छात्रा १९ जना रहेका छन् । यसबर्षको परिक्षामा ६४ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुले जिल्लामा माध्यामिक शिक्षा परीक्षा दिई रहेको जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ । जिल्लामा १९ वटा परिक्षा केन्द्र बनाएर परिक्षा सञ्चालन गरिएको कार्यालयले जानकारी दिएको छ ।

जिल्ला शिक्षा कार्यालयले दिएको जानकारी अनुसार यसबर्षको माध्यामिक शिक्षा परीक्षामा जिल्लाभरवाट ४ हजार ९ सय ८३ जना विद्यार्थीहरुले परिक्षा दिई रहेका छन् । नियमिततर्फ ४ हजार १४ जना विद्यार्थीले परिक्षा दिई रहेका छन् भने, आंशिकतर्फ एक सय ६८ जनाले परिक्षा दिई रहेका छन् । त्यसैगरी ग्रेडवृद्धि तर्फ ८ सय १ जनाले परिक्षा दिई रहेका छन् ।

Parixa

विशेष