प्रवास

साउदी अरबमा गैरकानुनी कामदारलाई ’९० दिने आममाफी’

साउदी अरबमा गैरकानुनी कामदारलाई ’९० दिने आममाफी’

चैत्र ८ । साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउनेगरी ९० दिनको आममाफीको घोषणा गरेको छ ।

 मार्च २९ मार्च २९ गतेदेखि लागू हुनेछ। साउदीका राजकुमार, उपप्रधानमन्त्री तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघनबिनाको देश’ अभियान सुरु गर्दै आममाफी दिएको हो ।

सरकारले तीन वर्षअघि पनि आममाफी दिएको थियो। त्यतिखेर ३५ हजार नेपाली स्वदेश फिर्न पाएका थिए । साउदी अरबका कम्पनी छाडेर गैरकानुनी हिसाबले अर्को कम्पनीमा काम गरिरहेका, कम्पनी बन्द भई स्वदेश फिर्न नपाएका जस्ता कामदारहरूले आममाफीको कार्यक्रममा फाइदा लिनसक्ने नेपाली दूतावासले जनाएको छ ।

राजकुमार नैफले घर फिर्न चाहनेलाई सहजीकरण गर्न तोकिएको निकायलाई व्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आन्तरिक मन्त्रालयका प्रवक्ता मान्सअवर अल–तुरकीले यो अभियानमा सहभागी कामदारलाई सहजीकरण गर्नका लागि १९ वटा निकायहरू तोकिएको बताए ।

‘हज र उमराहका लागि आउँदा बसेकादेखि कुनै प्रकारका भिसाका आप्रवासीलाई पनि सहयोग गर्नेछौं’, उनले भने । ती कादार स्वदेश फिर्नका लागि दूतावासले ट्राभल डकुमेन्ट जारी गर्नुपर्ने जनाएको छ। साउदीको राहदानी तथा अध्यागमन विभागले सबै तयारी पूरा गरिसकेपछि मात्रै ती कामदार स्वदेश फिर्ती पाउने उनले बताए ।

कान्तिपुर

विशेष