समाज

जाजरकोटमा तेल ट्याङकी बीना नै चल्छन जीप

जाजरकोटमा तेल ट्याङकी बीना नै चल्छन जीप

दीपबहादुर घर्ती जाजरकोट, चैत्र ८ । पुर्वी जाजरकोटको रुटमा चल्ने जीपहरु तेल ट्याङकी बीनानै चल्ने गरेका छन् ।

खगेनकोटको बगारा देखि भगवतीको तल्लुबगर सम्म चल्ने यात्रुबहाक जीपहरु तेल ट्याङकी बीनानै चल्ने गरेका हुन् । खगेनकोटको बगारा देखि भगवतीको तल्लुबगर सम्म विगत तीनबर्ष देखि १२ वटा यात्रुबहाक जीपहरु सञ्चालनमा रहेका छन् । रुकुमको राडी देखि जाजरकोट, खगेनकोटको मन्मैमा तुईनद्धारा भेरी नदी तारीएका महेन्द्र कम्पनी र मुस्ताङ्गी प्राय जीपहरु तेल ट्याङकी बीनानै चल्ने गरेका छन् ।

तेल ट्याङकीको सट्टामा जर्किनमा तेल राखेर पाईपद्धारा ईन्जनमा तेल सप्लाई गर्ने ब्यबस्था गरिएको छ । बगारा देखि तल्लुबगर सम्म २० किलो मिटरको दुरीमा दैनिक सिंगै डोल्पा जिल्ला, रुकुमको आठबीसकोट, गोतामकोट, जाजरकोट रग्दा, भगबतीका नागरीकहरुले जीपमा यात्रा गर्ने गर्दछन् ।

घण्टा–घण्टाको समयमा दैनिक कच्ची रोडमा दौडिने प्राय जीपका तेल ट्याङकी ढुङ्गा उछिट्टीएर फुटेको जीप चालक खिमबहादुर मल्लले जानकारी दिए । जर्किनवाट ईन्जनमा तेल सप्लाई गरिने जीपहरु सेल्फ स्टार्ड पनि हुदैन् । सेल्फ स्टार्ड किन्नलाई १८ हजार मुल्य पर्ने भएको हुदा धक्का प्लेटवाट जीप सञ्चालन गर्नु परिरहेको रा १ ज ३८२ नम्बरको जीप मालिक बुद्धीबहादुर बस्नेतले जानकारी दिए ।

जीपमा लाग्ने तेल ट्याङकीको मुल्य धेरै मंहगो नभए पनि ट्याङकी फेरेको केही दिनमै फुटेर काम नलाग्ने बस्नेतले वताए । फुटेका ट्याङकीलाई मर्मत गर्न ग्यास वल्डिङ्गको आबश्यक पर्ने तर, त्य ठाउँमा ग्यास वल्डिङ्गको ब्यबस्था नभएको बस्नेतको तर्क छ । जर्किनमा तेल राखेर पाईपद्धारा ईन्जनमा तेल सप्लाई गरेर सञ्चालनमा रहेका लु १ च २४१२, रा १ ज ३८२, भे १ ज ६०१, ना १ ज १७२७ नम्बरका जीपहरु रहेका छन् ।

बगारा देखि तल्लुबगर सम्म २ सय ५० रुपैया प्रति सवार भाडा लिने यिनै जीपले १५ जना भन्दा बढी सवार बोक्ने गरेका छन् । स्तर उन्नती नभएको जोखिम कच्ची रोडमा ट्याङकीको सट्टामा जर्किनवाट तेल सप्लाई गरिएका जीपको यात्रा निक्कै जोखिम रहेको जिल्ला शिक्षा अधिकारी ललित बिक्रम सिंहले वताए ।

जर्किनवाट तेल चुहावट भएर जीप भित्रै आगलागी हुने, अफ्टेरा ठाउँमा जर्किनवाट पाईपमा तेल सप्लाई नभएपछि जीप नियन्त्रण भन्दा बाहीर जान सक्ने भएको हुदा पुर्बी जाजरकोटको यात्रा निक्कै भयानक भएको जिशिअ सिंहको भनाई रहेको छ ।

Jajarkot

विशेष