खेल

ब्रुनाई ओपन एथ्लेटिक्समा सोमबहादुर कुमाललाई स्वर्ण

ब्रुनाई ओपन एथ्लेटिक्समा सोमबहादुर कुमाललाई स्वर्ण
चैत्र ८ । ब्रुनाईमा भएको ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमालले स्वर्ण जितेका छन् । ४ सय मिटर दौडमा पनि सहभागी सोमले उक्त स्पर्धामा रजत जितेको नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन् । दुईदिने प्रतियोगितामा सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ पुरुषमा उत्कृष्ट खेलाडी चुनिएका सोमले मार्च १८ तारिखमा स्वर्ण र मार्च १९ मा रजत जितेका थिए । सोम बाहेक प्रतियोगितामा यामसाजन सुनारले पनि प्रतिस्पर्धा गरेका थिए । याम १ सय मिटर दौडमा पाँचौं र २ सय मिटर दौडमा छैटौं स्थानमा रहे ।

Burnai Open Chamionship

विशेष