समाज

इटाभट्टाबाट २ बालकको उद्दार

इटाभट्टाबाट २ बालकको उद्दार

चैत्र ८ । सल्यानका दुई बालकहरुको ईट्टा उद्योगबाट उद्दार गरिएको छ । सानै उमेरमा नै पैसा कमाउने भनेर साथीहरुको लहलहैमा गएका उनीहरुको भक्तपुरका बिभिन्न ईट्टा उद्योग बाट उद्दार गरि परिवारको जिम्मा लगाइएको हो ।

सल्यान जिल्लाको वनगाड कुपिण्डे नगरपालिका अन्र्तरगत निगालचुँलाका १३ बर्षिय नेत्रलाल घर्ती र माझकाँडाका १३ बर्षिय नेत्रलाल पुनको उद्धार गरिएको हो । जिल्ला बालकल्याण समिती भक्तपुरको नेतृत्व तथा महानगरीय प्रहरी परिसर भक्तपुर र बाल बिकास समाजको समन्वयमा भक्तपुरका बिभिन्न ईट्टा उद्योगबाट उनीहरुलाई उद्दार गरिएको हो ।

भक्तपुरका सरस्वती ईट्टा उद्योग र महेश्वरी ईट्टा उद्योग बाट उनीहरुलाई उद्दार गरेर परिवारको जिम्मा लगाइएको जिल्ला बालकल्याण सकिति भक्तपुरले जनाएको छ । महिला तथा बालबालिका कार्यालय सल्यानको समन्वयनमा आज (मंगलबार) ती बालकलाई परिवारको जिम्मा लगाईएको छ ।

 

Uddar

विशेष