समाज

दैनिक सिदाको रकम बचाएर कैदीबन्दीले गरे शहिद परिवारलाई सहयोग

दैनिक सिदाको रकम बचाएर कैदीबन्दीले गरे शहिद परिवारलाई सहयोग
चैत्र ८ । कञ्चनपुरका कैदीबन्दीले गत फागुन २६ गते भारतीय सुरक्षाकर्मीको गोली लागेर शहिद भएका गोविन्द गौतमको परिवार र घाइते टीकाराम चापागाईलाई सहयोग गरेका छन् । कैदीबन्दीले कारागारबाट प्राप्त गर्ने दैनिक सिदाँबाट रकम बचाएर शहिद गोविन्द गौतमको परिवारलाई २५ हजार रुपैयाँ र घाइते टीकाराम चापागाईको उपचारका लागि ८ हजार ४ सय १४ रुपैयाँ सहयोग गरेका हुन् । जिल्ला कारागार कञ्चनपुरमा पत्रकार सम्मेलन गरी कैदीबन्दीले उक्त रकम जेलर श्यामराज भट्टलाई हस्तान्तरण गररेका हुन् ।

Gobina Gautam Kanchanpur Kaidi Sahid Pariwar

विशेष