स्वास्थ्य

वीर्यको यात्राः जहाँ करोडौं शुक्राणुमध्ये यसरी एउटैमात्र सफल हुन्छ

वीर्यको यात्राः जहाँ करोडौं शुक्राणुमध्ये यसरी एउटैमात्र सफल हुन्छ

एक स्वस्थ्य व्यक्तिको वीर्य एकपटकमा यौनसम्पर्क गर्दा करिब पाँचदेखि १५० करोड शुक्राणुहरु महिलाको गर्भाशयभित्र प्रवेश गर्छ ।तर, तीमध्ये एउटामात्रै शुक्राणु महिलाको डिम्बासयभित्र पुग्छ र यो धर्तीसम्मको आफ्नो यात्रा पूरा गर्छ ।

वैज्ञानिकहरुले पुरुषको शरीरबाट महिलाको डिम्बासयसम्म वीर्यमा हुने करोडौं शुक्रकिटहरु कसरी यात्रा गर्छन् र त्यसमध्ये एउटैमात्र शुक्राणुले कसरी जितेर आफ्नो यात्रा पूरा गर्छन भन्नेबारे अध्ययन गरेका छन् ।

महिलाको ‘फ्यालोपिन ट्युब’अर्थात् अन्डाशयमा पुग्न तरलपदार्थमार्फत् कसरी यात्रा गर्छन् त शुक्राणुहरु रु वैज्ञानिकहरुले यस यात्रालाई एउटा अचम्मको चुम्बकीय लय भएको बताएका छन् ।

बेलायत र जापानका मेडिकल वैज्ञानिकहरुले गरेको अध्ययनले वीर्यहरु चुम्बकीय लयमा टाउको र पुच्छर सल्बलाउँदै एउटा ‘ताल’को निर्माण गर्ने पत्ता लागेको छ ।

यस तालबाट एउटैमात्र शुक्राणु महिलाको डिम्बभित्र छिर्न सफल हुने उल्लेख गरिएको छ । तर, यो यात्राबाट केहि गरी दुई वा दुईभन्दा बढी शुक्राणु छिरे गर्भाधारणबाट शिशु त्यति नै जन्मने गर्दछन् ।

अध्ययनकर्ताहरुकाअनुसार यसको अर्थ महिला–पुरुषको सम्पर्ककाक्रममा गर्भाधारण अर्थात् यो धर्तीमा आउन करोडौं शुक्राणुहरु एक–आपसमा प्रतिस्पर्धा गर्छन्, त्यसमध्ये प्रायः एउटा सफल हुन्छ र बाँकी शुक्राणुहरु ‘फेल’ हुन्छन् ।

अध्ययनमा सहभागी तथा योर्क विश्वविद्यालयका गणितीय प्रा. डा. हर्मेस गडेल्हले शुक्राणुहरुले पार गर्नुपर्ने यात्रा १० ओटा रेखामा हुने बताएका छन ।

‘१० ओटा रेखा पार गर्न पाँच करोड शुक्राणुहरु दौडन्छन् तर एउटामात्रै सफल हुन्छ’–डा. हर्मेसले भने–‘हरेक समय कसैले मलाई बच्चा जन्मेको सुनाउँछन्, मलाई एकदम अचम्म लाग्थ्यो, मैले यो कुरा बुझ्नै सकिरहेको थिइनँ, किनभने एउटैमात्र कसरी सफल हुन्छ, कहिलेकाँहि मानिसहरु दुई, तीन वा पाँचओटासम्म बच्चा जन्मेको सुनाउँछन् ।’

उनी र उनको टोलीले व्यक्तिगत वीर्यमा हुने शुक्राणुहरु कसरी तरल पदार्थमा टाउको र पुच्छरको सहायताले महिलाको अन्डाशयमा पुग्छन् भनेर लामो समय अध्ययन गरेको थियो ।

जर्नल फिजिकल रिभ्यू लेटर्समा योसम्बन्धी सार्वजनिक अध्ययनको निष्कर्ष बीबीसी वर्ल्डले प्रकाशित गरेको छ । प्रकाशित समाचारअनुसार शुक्राणुहरुले सरल गणितीय सूत्रको ढाँचामा चुम्बकीय लयअनुसार यात्रा गर्ने गर्दछन् । सेफिल्ड विश्वविद्यालयका वीर्य विशेषज्ञ प्रा. एल्लन पेसीले सफल शुक्राणुलाई ‘एक कुशल पौडीबाज’भन्दा फरक नपर्ने बताए ।

उनले भने–‘‘बाँझोपनको समस्यामा यो अध्ययन निकै महत्वपूर्ण हुनेछ ।’ ठिक समयमा वीर्यले आफ्नो यात्रा पार गरे बाँझोपनको समस्या नआउनेसमेत उनले बताए । शुक्राणुको टाउकोमा डीएनए हुने र थप ती डीएनएको परीक्षण गर्नसके किन शुक्राणुले आफ्नो यात्रा पूरा गर्न सकेनन् भन्ने थाहा हुने उनको भनाइ छ ।

अध्ययनकाअनुसार जब पुरुषको लिंग उत्तेजित हुन्छ, तब पाँचदेखि १५० करोड शुक्राणुहरु उत्पादन हुने र ती पौडी खेलेर महिलाको अन्डाशयसम्म पुग्ने गर्दछ । तर, यो यात्रा सजिलो छैन ।

ती शुक्राणुहरु ० Þ०६५ मिमिको लम्बाईको हुन्छन् । त्यसमध्ये प्रायः एउटैमात्र शुक्राणु यात्रा पूरा गरी गर्भाधारण गर्न सफल हुन्छ ।

यो यात्रामा शुक्राणुहरु सबैभन्दा पहिले महिलाको योनीमा पुग्न सफल हुनुपर्छ । त्यसपछि बचेका शुक्राणुहरु गर्भाशयमा पुग्नुभन्दा पहिले सेतो रक्तकोषहरुसँग बच्नुपर्छ । किनभने सेता रक्तकोषहरु शुक्राणु मार्न तयार भएर बसेका हुन्छन् ।त्यसपछि अन्त्यमा १० ओटा रेखामा चुम्बकीय लयमार्फत् महिलाको अन्डाशयमा एउटमात्रै शुक्राणु पुग्छ र गर्भाधारण हुन ‘फिट’ हुन्छ ।

Sukarkit

विशेष