मनोरञ्जन

कपिललाई सुनिल ग्रोभरको को यस्तो जवाफ, के अब सुनिल फर्केलान् ?

कपिललाई सुनिल ग्रोभरको को यस्तो जवाफ, के अब सुनिल फर्केलान् ?
चैत ८ । यतिबेला बलिउड सञ्चारमाध्यम कपिल शर्मा र सुनिल ग्रोभरको समाचारले तातेको छ । केही दिनअघि चर्चित कमेडियन कपिल शमार्ले आफ्नो टिम मेम्बर सुनिल ग्रोबरलाई रक्सीको मातमा अनावस्यक गाली गलौज र मारपिट गरेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ । धेरै समयको विवादपछि सुनिलले यसबारे प्रतिक्रिया दिएका छन् । ट्वीटरमा ट्वीट गर्दै उनले कपिललाई आफ्नो धारणा पोखेका हुन् । उनले भने, ‘भाइ जी, हो मलाई नराम्रोसँग चोट पुगेको छ । तपाईसँग् काम गर्दा मैले धेरै कुरा सिकें । म एक सल्लाह दिन्छु की जनावरलाई मात्र होइन मान्छेलाई पनि इज्ज्त गर्न सिक्नुस् । सबै तपाईजस्तो ट्यालेन्ट र सफल छैनन् । किनभने सबै तपाईजस्तै ट्यालेन्ट भए भने तपाईलाई कसले इज्ज्त गथ्र्यो ? उनीहरुप्रति अलिकति भएपनि आभारी हुन सिक्नुहोस् । यदी कसैले तपाईलाई राम्रो गर्दै छन् भने उसलाई गाली नगर्नु । जोसँग तपाईको स्टार्डमको केही मतलब नै छैन उनीहरुसँग अनावश्यक गाली गलौज नगर्नुहोस् । उनीहरु तपाईसँग फ्लाईटमा यात्रामात्र गरिरहेका थिए । कपिल शर्मा आफ्नोमात्र सो हो भनेर भनिदिनुभएकोमा धेरै धेरै धन्यवाद । तपाई आफ्नो क्षेत्रमा ठिक हुनुहुन्छ तर भगवान बन्ने कोशिश नगर्नुहोस् । आफ्नो ध्यान राख्नु । तपाईको सफलताको शुभकामना ।’ अष्ट्रेलियन टुरबाट फर्किदैै गर्दा कपिल रक्सीको मातमा सुनीलसँग भिडन गएका थिए । सोमबार सोका सदस्य सुनिल र चंदनले सो को सुटिङ गर्न मानेनन् तब कपिल सुनिल — चन्दनको अघि पुगेर रोएका थिए । कपिलले माफी मागे पनि सुनिलले कपिललाई पूर्ण रुपमा नकारेका थिए । उक्त प्रतिक्रिया कपिलले सुनिलसँग माफी मागेपछि पहिलो पटक दिएको प्रतिक्रिया हो ।

karan singh grover

विशेष