समाज

पुस्तौँदेखि कुलोको दूषित पानी पिउँदै शंकरपुरबासी

पुस्तौँदेखि कुलोको दूषित पानी पिउँदै शंकरपुरबासी
चैत ८ । बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुरका स्थानीय बासिन्दा पुस्तौँदेखि कुलोको दूषित पानी पिउन बाध्य भएका छन् । सुर्नया गाउँपालिका–६ शंकरपुरका करिब १०० घरपरिवार कुलोको दूषित पानी पुस्ताँैदेखि पिउँदै आएका हुन् । शंकरपुरको नन्दिना, धुलिधार र कुनेटमा खानेपानीको चरम समस्या रहेको स्थानीय जयराज अवस्थीले जानकारी दिए । बाजेको पालामा सिँचाइका लागि निर्माण गरिएको कुलोबाटै आएको पानी दैनिकरुपमा प्रयोग गर्न बाध्य भएको नन्दिनाका जयन्ती अवस्थीले जानकारी दिए । उनले भने, “नजिक पानीको मुहान नहुँदा कुलोकै दूषित पानी पिउन बाध्य छौँ ।” यस्तै, कुनेटामा पनि खानेपानीको निकै समस्या भएको स्थानीय हरिदत्त अवस्थीले जानकारी दिए । उनले भने, “कुलोको दूषित पानी पुस्तौँदेखि पिउँदै आएका छौँ ।” सुर्नया–६ कै धुलिधारमा रहेको एउटै मुहानमा पनि पानी सुक्न थालेको स्थानीय कृष्णदत्त अवस्थीले जानकारी दिए । उनले भने, “धुलिधारमा रहेको पानीको मुहान पनि सुक्दै गएको छ ।” त्यस ठाउँका करिब १०० घरधुरी वर्षौंदेखि कुलोको दूषित पानी पिउन बाध्य भएपनि गाविस तथा अन्य सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

kulo

विशेष