समाज

वस्तु विनिमय बजारसम्बन्धी विधेयक बहुमतले स्वीकृत

वस्तु विनिमय बजारसम्बन्धी विधेयक बहुमतले स्वीकृत
चैत्र - ८ । व्यवस्थापिका–संसद्ले ‘वस्तु विनिमय बजारसम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी, प्रेम सुवाल र भरतकुमार शाहले धारणा राखेका थिए। सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले वस्तु बजारलाई सही मूल्य निर्धारण गर्ने, मूल्य जोखिम कम गर्ने, महँगी नियन्त्रण गर्ने लक्ष्यका आधारमा विधेयक ल्याइएको बताए। करको दायरामा विस्तार, रोजगारीको बढोत्तरी, अनुगमन तथा अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न नयाँ विधेयकले काम गर्ने जानकारी दिँदै उनले आर्थिक अनियमितता र ठगी नियन्त्रण गर्न सकिने तथा सीमित व्यक्तिले बजार नियनत्रण गर्ने अवस्थाको समेत अन्त्य यसबाट हुने उल्लेख गरे। व्यवस्थापिका–संसद्को अर्को बैठक यही चैत ९ गते अपराह्न १५.०० बजे बस्नेछ।

विशेष