समाज

युएन मिसनको परीक्षा रद्द

युएन मिसनको परीक्षा रद्द

चैत्र ९ । संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी र शसस्त्र प्रहरीबलका कर्मचारीको योग्यता परीक्षा रद्द भएको छ प्रश्नपत्र लिक भएको पुष्टि भएपछि युएन हडक्वाटरको निर्देशनमा परीक्षा रद्द गरिएको हो ।

गत बुधकार सशस्त्र प्रहरी बल हेडक्वाटर हलचोकमा भएको परीक्षाको प्रश्नपत्र परिक्षा हुनु भन्दा २ घण्टा पहिले नै लिक भएको थियो । नेपाल प्रहरीका ५ सय र शसस्त्रका ३ जना कर्मचारी रहेको परीक्षाका लागि १२ र तीन बजे परीक्षाको समय तोकिएको थियो । तर १० बजे नै प्रश्नपत्र बाहिरिएको थियो ।

नागरिक दैनिक

विशेष