मनोरञ्जन

सलमान र कट्रिको रोमान्स अब अस्ट्रियामा

सलमान र कट्रिको रोमान्स अब अस्ट्रियामा

चैत ८ । आगामी क्रिसमसमा सार्वजनिक हुने फिल्म ‘टाइगर जिन्दा है’को छायाँकनका लागि बलिउड अभिनेता सलमान खान अभिनेत्री कैट्रिना कैफलाई लिएर फिल्म युनिटसहित अस्ट्रिया पुगेपछि एकाएक चर्चा चुलिएको छ ।

द्वन्द्वप्रधान फिल्म भएपनि रोमान्टिक गीतका लागि अस्ट्रियाको गोल्डेन रुफमा २० डिग्रीभन्दा कम तापक्रममा गएर रोमान्टिक मुडमा खिचिएका फोटोहरु सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत् ‘लिक’ भएपछि सलमान र कैट्रिनाको रोमान्सबारे चर्चा सुरु भएको हो । यी दुबैको रोमान्स पाँच वर्षपछि फेरि सुरु भएको हो ।

‘एक था टाइगर’मा दुबैले एकसाथ काम गरेपछि दुबैबीच खटपट सुरु भएको थियो । एक–अर्काविरुद्ध आरोप–प्रत्यारोपसँगै उनीहरुबीच बोलचालसमेत बन्द भएको थियो ।

तर, पाँच वर्षपछि फेरि सँगै काम गरेको फोटोहरु सामाजिक सञ्जालमार्फत् लिक भएपछि रोमान्स सुरु भएकोे अनुमान गरिएको हो ।

अधिकांश हलिउड फिल्म छायाँकन हुने महँगो ‘लोकेसन’मा यी दुबैले रोमान्स गरेका छन् । यी दुबैका लागि उक्त लोकेसन ‘केमेष्ट्री’ मिलाउन रोजिएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यशराज फिल्मस्सँग मिलेर सलमान आफैंले ‘टाइगर जिन्दा है’ बनाउँदैछन् । सलमानले सबै लोकेसन आफैं रोजेका हुन् । यस फिल्मको लागि सल–क्याट दुबैले सँगै द्वन्द्वसम्बन्धी विशेष तालिमसमेत लिएका छन् ।

सलमानले यस फिल्मको लागि हलिउड निर्देशक टम स्ट्रोर्टहसँग सहायतासमेत लिएका छन् । उनको यो फिल्मको निर्देशन अली अब्बास जफरले गर्दैछन् ।

Katrina Kaif salman khan

विशेष