समाज

फोहोर पानीको व्यवस्थापन भन्ने नाराका साथ नेपालमा विश्व पानी दिवस मनाउँदै

फोहोर पानीको व्यवस्थापन भन्ने नाराका साथ नेपालमा विश्व पानी दिवस मनाउँदै

चैत्र ९ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बुधबार विश्व पानी दिवस मनाइँदै छ ।

नेपालमा पनि फोहोर पानी व्यवस्थापन भन्ने नाराका साथ विश्व पानी दिवस मनाउन लागिएको हो ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाले विविध कार्यक्रम गर्ने भएका छन् ।

विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।

Drinking water

विशेष