खेल

पाँच पाकिस्तानी क्रिकेटरले देश छाड्न नपाँउने

पाँच पाकिस्तानी क्रिकेटरले देश छाड्न नपाँउने

चैत्र ९ । पाकिस्तान सरकारले आफ्ना पाँच खेलाडीलाई देश छाड्न रोक लगाएको छ ।

खेल मिलेमतोमा संलग्न रहेको आरोप लागेका पाँच क्रिकेटरलाई पाकिस्तान सरकारले देश छाड्न प्रतिबन्ध लगाएको हो । देश छाड्न रोक लगाईएका खेलाडीहरुमा सर्जिख खान, खालिद लतिफ, मोहम्मद इरफान, साहजिब हसन, नसिर जमसेद रहेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले पनि सोही आरोपमा यी पाँच खेलाडीलाई क्रिकेट सम्बन्धी कुनै पनि गतिविधीमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको छ ।

Pakisan Cricketer

विशेष