मनोरञ्जन

यसकारण सलमानले ऐश्वर्या र कट्रिनालाई थप्पड हानेका थिए

यसकारण सलमानले ऐश्वर्या र कट्रिनालाई थप्पड हानेका थिए

एजेन्सी । बलिउडमा यस्ता धेरै समय आए जब एक सेलिब्रेटिले अर्का सेलिब्रेटिसँग मारपिट गरे ।

सलमान खानः

अभिनेता सलमान खानले पनि कयौँ सेलिब्रेटिमाथि हात हालिसकेका छन् । जब रणबीर कपूर टिनएजर थिए । त्यो समय सलमानले एक रेष्टुराँमा उनको कलर समातेर झापड लगाएका थिए । जब यो कुरा सलमानका पितालाई थाहा भयो ।

तब उनी तत्काल सलमानलाई लिएर ऋषी कपूरको घर पुगे । सलमानले रणबीरलाई मात्र नभएर त्यतिबेलाकी प्रेमिका अभिनेत्री एश्वर्या रायलाई पनि थप्पड हानिसकेका छन् । एश्वर्यामात्र नभएर अभिनेत्री कट्रिना कैफलाई पनि उनले झापड हानिसकेका छन् । फिल्मका निर्देशक सुभाष घईलाई पनि उनले थप्पड हानिसकेका छन् । एश्वर्या त्यतिबेला सुभाष घईको फिल्म ‘ताल’ मा काम गरिरहेकी थिइन् । सलमान एश्वर्याले सुभाषको फिल्ममा काम नगरोस् भन्ने चाहन्थे । शाहरुख खान

 जब सञ्जय दत्तले फिल्म ‘अग्निपथ’ को सक्सेस पार्टी दिएका थिए । त्यो पार्टीमा बलिउडका लगभग सबै हस्ती पुगेका थिए । पार्टीमा शाहरुख खान र फराह खानका पति शिरिष कुंदर पनि पुगेका थिए । त्यही समयमा शिरिषले शाहरुख खानको फिल्म ‘रा वान’ लाई लिएर केही कमेन्ट गरे । उक्त कमेन्ट सहन नसकेर शाहरुखले शिरिषलाई थप्पड लगाएका थिए ।

सोहिल खानः 

एक पटक अभिनेता सोहिल खान र वरुण धवानको बीचमा केही कुरालाई लिएर बहस चल्यो । मामला यति खराब हुँदै गयो की सोहिलले वरुणलाई थप्प्ड लगाए । तर, यी दुबैले उक्त घटनालाई कहिल्यै खुलेर स्वीकार गरेनन् ।

सुशान्त सिहं राजपूतः  

रिपोर्टअनुसार अभिनेता सुशान्त सिंह राजपूतलाई उनकी पूर्व प्रेमिका अंकिताले पनि एक पार्टीमा थप्पड लगाइन् । एक पार्टीमा सुशान्तले धेरै रक्सी खाएका थिए । त्यसपछि अंकिताले उनलाई थप्पड लगाएकी थिइन् । केही समयका लिभइन पार्टनर रहेका सुशान्त र अंकिता अहिले अलग्गिसकेका छन् ।

salman khan

विशेष