समाज

संसारको कम तौल भएका शिक्षकले भेटे प्रधानमन्त्रीलाई

संसारको कम तौल भएका शिक्षकले भेटे प्रधानमन्त्रीलाई

चैत ९ । संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा ‘गिनिज बुक’मा नाम लेखाउन पहल थालेका अर्घाखाचीका कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फबाट सहयोग रहने बताए । साथै प्रधानमन्त्री दाहालले पौडेलको जीविकोपार्जनका लागिसमेत सरकारले आवश्यक सहयोग गर्ने बताए ।

पौडेलको विशेष क्षमता भएको र उनको योगदानको सरकारका तर्फबाट उचित सम्मान हुने पनि प्रधानमन्त्री दाहालले बताए । अर्घाखाची जिल्लाको ठूलापोखरा–२, रोहोटेपानी निवासी पौडेलले भगवती निमावि ठुलापोखरा–२, रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरिसकेका छन् ।

शारीरिकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडल हाल भोजन नली र अन्य शारीरिक समस्याले काठमाडौंमा उपचाररत छन् । १२ किलो तौल भएका पौडेल ६३ बर्ष पुगेका छन् ।

PM Vet

विशेष