मनोरञ्जन

‘महिनावारीमा लजानुपर्ने कुरा के छ ?’ : ट्वीङकल खन्ना

‘महिनावारीमा लजानुपर्ने कुरा के छ ?’ : ट्वीङकल खन्ना
चैत ९ । बलिउड अभिनेत्री ट्वीङकल खन्ना फेरि पनि चर्चामा आएकी छिन् । कारण उनी पति अक्षय कुमारको अभिनय रहन लागेको फिल्म ‘प्याडम्यान’ मा निर्मात्री बन्दै छिन् । फिल्म सत्य कथामा आधारित रहेको भारतीय मिडियाले जनाएको छ । फिल्म महिलामा हुने महिनावारी र महिनावारीको समयमा प्रयोग हुने स्यानिटेरी प्याडको उत्पादनबारेमा रहेको छ । गाउँघरका महिलाको प्रयोगको लागि बनाइने सस्तो दरको स्यानिटेरी प्याड मेसीनको सेरोफेरोमा कथा बनेको छ । फिल्मको कथाको बारेमा बोल्दै उनले महिनावारीलाई एक समस्याको रुपमा भारतमा मात्र नभएर धेरै देशहरुमा हेरिने गरेको उनले बताइन् । यो महिलामा हुने प्राकृतिक कुरा हुनाले यसमा लजाउनुपर्ने कुनै स्थिती नभएको उनले बताइन् । फिल्ममार्फत पनि त्यहि कुरालाई प्रकाश पार्न खोजेका उनले बताइन् ।

Twinkal Khanna

विशेष