खेल

श्रीलंकाका पूर्व–क्रिकेटर जयसूर्याको टोलीले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने

श्रीलंकाका पूर्व–क्रिकेटर जयसूर्याको टोलीले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने
चैत्र–९ । श्रीलंकाका पूर्व–राष्ट्रिय खेलाडी सनथ जयसूर्यासँगको टोली र नेपालको राष्ट्रिय टिम सम्मलित एक टोलीबीच काठमाडौंमा मैत्रीपूर्ण टि–ट्वान्टी खेल हुने भएको छ । आगामी वैशाख १४, १६ र १८ गते पेरीविकल सर्भिसको आयोजनामा हुन लागेको टि–ट्वेन्टी क्रिकेट कीर्तिपुर मैदानमा हुनेछ । श्रीलंका र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वार्षिकोत्सवको अवसरमा हुन लागेको टि–ट्वान्टीमा श्रीलंकाको टिम लंकन लायन्सको कप्तानी पूर्व–राष्ट्रिय खेलाडी अरविन्द डि सिल्भाले सम्हाल्नेछन् भने नेपाली गोर्खा राइनोजको कप्तानी पारस खड्काले गर्ने छन् । नेपाल आउन लागेको श्रीलंकाली क्रिकेट टोलीबाट आठ पूर्व–खेलाडीहरु रहनेछन् । नेपाली टोलीको लागि भने खेलाडीहरु अहिले तय भइसकेको छैन ।

क्रिकेट मैत्रीपूर्ण खेल श्रीलंका सनथ जयसूर्या

विशेष