खेल
पहिलो पटक म्यानचेस्टर डर्बी अमेरिकी मैदानमा खेल खेल्ने
बुधबार, ०९ चैत २०७३ गते प्रकाशित

चैत्र–९ । म्यानचेस्टर डर्बी युनाईटेड र सिटीबीचको खेल पहिलो पल्ट अमेरिकामा हुने भएको छ ।
बेलायतभन्दा बाहिर नभएको म्यानचेस्टर डर्बीको खेल आउँदो जुलाई २० मा अमेरिकामा हुन लागेको हो । युनाइटेड र सिटीले सिजनको पहिलो मैत्रीपूर्ण खेल अमेरिकामा खेल्न लागेका हुन् । यसअघि यी दुई क्लबबीच चीनको बर्ड नेस्ट रंगशालामा खेल आयोजना हुने बताइएको थियो । तर वर्षाका कारण गत जुलाईमा आयोजना हुने भनिएको खेल रद्द भयो ।
म्यानचेस्टर डर्बीको खेल अमेरिकामा हुने भएपनिman ut स्थान भने तोकिएको छैन । यसअघि युनाइटेड र रियल मड्रिडबीच सन् २०१४ मा मेचिगनमा आयोजना भएको मैत्रीपूर्ण खेल हेर्न १ लाख दर्शक रंगशाला पुगेका थिए ।
अमेरिका
मैत्रीपूर्ण खेल
म्यानचेस्टर डर्बी
युनाईटेड र सिटी