समाज

नेपाली महिला कामदार भारतमा सम्पर्कविहीन

नेपाली महिला कामदार भारतमा सम्पर्कविहीन
चैत्र–९ । भारतको गुजरातमा एक नेपाली महिला कामदार चार दिनदेखि सम्पर्कविहीन भएकी छन् । सम्पर्कविहीन हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ आम्चौराका भाष्कर सुवेदीकी २२ वर्षीया श्रीमती बेलु सुवेदी रहेको प्रवासी नेपाली सङ्घ भारतका सदस्य नरेन्द्र कलौनीले जानकारी दिए । आइतबार बिहान काम गर्न भनी कम्पनीतिर गएकी बेलु कम्पनी नपुगी गुजरात वलसाड जिल्ला जिआइडिसी उमरगाम गङ्गानगर हेमन्तभाइको चालीबाट हराएको कलौनीले बताए । पारिवारिक स्थिति कमजोर भएकाले श्रीमान श्रीमती दुवै रोजगारीको लागि भारत गएका बताइएको छ ।

नेपाली महिला कामदार भारत सम्पर्कविहीन

विशेष