समाज

भूकम्प प्रभावित जिल्लाको तथ्याङ्क सङ्कलन अन्तिम चरणमा

भूकम्प प्रभावित जिल्लाको तथ्याङ्क सङ्कलन अन्तिम चरणमा
चैत्र - ९ । भूकम्प प्रभावित १७ जिल्लाको तथ्याङ्क सङ्कलन अन्तिम चरणमा पुगेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । तनहुँ र सोलुखुम्बुमा तथ्याङ्क सङ्कलन केही बाँकी रहेको भए पनि १५ जिल्लाको काम सकिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । ‘तनहुँको काम एक हप्तामा सकिन्छ, सोलुखुम्बुमा साविकका तीन गाविस नाम्चे, खुम्जुङ र चौँरीखर्कमा हिउँ परिरहेकाले काम हुन सकेको छैन, त्यहाँको अधिकतम तापक्रम माइनस चार डिग्री सेल्सियस छ, मौसम सुध्रिएपछि काम सुरु हुन्छ’ उनले भने । भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा, लमजुङ, पर्वत, स्याङ्जा, पाल्पा, कास्की, अर्घाखाँची, नवलपरासी, चितवन, बाग्लुङ, गुल्मी र म्याग्दी गरी १५ जिल्लाको तथ्याङ्क सङ्कलन सम्पन्न भएको छ । अहिलेसम्म सङ्कलन भएको तथ्याङ्कअनुसार १७ जिल्लामा एक लाख ७० पीडित छन् । भूकम्पलगत्तै लिइएको तथ्याङ्कअनुसार १७ जिल्लामा एक लाख ९० हजार पीडित थिए । त्यसअनुसार अब २० हजारको हाराहारीमा मात्र तथ्याङ्क सङ्कलन गर्न बाँकी छ । विभागले पुस १ गते १७ जिल्लामा कार्यालय खोली पुस १५ गतेदेखि पीडितको मात्रै तथ्याङ्क सङ्कलन गर्ने ‘भेरिफिकेसन मोडल’ बाट सूची लिएको थियो ।

भूकम्प

विशेष