नेपाली सेनाको प्रवक्तामा कडायत

चैत्र १० । नेपाली सेनाले सहायक रथी झङ्करबहादुर कडायतललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
प्रवक्ता ताराबहादुर कार्की केही दिनमै सेवानिवृत्त हुन लाग्नुभएकाले नेपाली सेनाले विशेष फौज १० नं बाहिनी का बाहिनीपति कडायतलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
नेपाली सेनामा ३५ वर्ष सेवा पुर्याएका कार्कीले डेढ वर्ष प्रवक्ताको जिम्मेवारी सम्हाले । बाहिनीपति कडायतले भारतमा सैनिक सहचरीको जिम्मेवारी निभाएका थिए भने पाकिस्तानबाट एनडिसी कोर्ष गरेका छन् ।
सैनिक मुख्यालयमा आज आयोजित समारोहमा सेवानिवृत्त हुन लागेका मानार्थ उपरथी कार्कीले निष्पक्ष र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरी नेपाली सेनाको सङ्गठनलाई सहयोग पु¥याएको भनी सञ्चार क्षेत्रको प्रशंसा गरे ।
प्रवक्ताको जिम्मेवारी सम्हाल्न लागेका कडायतले विगत झैँ नेपाली सेनाको सङ्गठनको श्रीवृद्धिमा सञ्चार क्षेत्रबाट उल्लेखनीय सहयोग हुने विश्वास व्यक्त गरे ।
समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्री सहभागी थिए ।
Nepal Army
