मनोरञ्जन

कपिल शर्मा शोमा फर्केर आउने नआउने निर्णय गरेको छैन– सुनिल ग्रोभर

कपिल शर्मा शोमा फर्केर आउने नआउने निर्णय गरेको छैन– सुनिल ग्रोभर

चैत १० । कमेडियन कपिल शर्मा र सुनिल ग्रोभरबीच भएको झडपका कारण सुनिल फेरि सेटमा फर्किन्छन् की फर्किदैनन् भन्ने कुरा धेरैको चासोको विषय बनेको छ ।

सुनिलले पछिल्लोे सुटिङमा जान मानेका थिएनन् । सुनिलमात्र नभएर अर्का सदस्य चंदन प्रभाकरले पनि सुट गर्न मानेन् ।  भारतीय पत्रिकासँग कुरा गदै सुनिलले भने, ‘उक्त शोमा फेरि फर्केर आउने कुरामा म अहिल्यै केही भनिहाल्ने स्थितीमा छैन ।

मलाई सोच्नको लागि केही समय चाहिन्छ ।’ चन्दन प्रभाकरको बारेमा प्रश्न गर्दा उनले को शोबाट बाहिरियो र को चाहीँ अहिलेसम्म पनि शो को हिस्सा छ भन्ने कुरा आफुलाई थाहा नभएको जवाफ दिए ।

Sunil Grobhar

विशेष