स्वास्थ्य

यसकारण गडबड हुन्छ निन्द्रा

यसकारण गडबड हुन्छ निन्द्रा

सामान्यतः अधिकांशलाई निन्द्रा गडबडी हुने समस्या देखिन्छ । कसैले निन्द्रा लाग्ने औषधी सेवन गर्छन् भने कसैले केही न केही उपाय लगाउँछन् । कोही भने अनिन्द्राले गर्दा दिनको समयमा आलस्य मान्ने गर्छन् । निन्द्राको गडबडीका कारणहरु यस्ता रहेका छन् ।

१. उठ्ने र सुत्ने समयको टुंगो नभएमा – निदाउने र उठ्ने भनेको हाम्रो शरीरमा हुने विभिन्न हर्मोनहरुको घटबढले हुन्छ । जसलाई ‘सक्र्या्डियन रिदम’ भनिन्छ । एउटै समयमा सुत्ने र उठ्ने मानिसको हर्मोनहरुको सन्तुलन पनि त्यही अनुसार मिलेको हुन्छ र निदाउन सजिलो हुन्छ ।

२. घुर्ने बानी भएमा – घुर्ने बानी भएका मानिसहरुको रगतमा अक्सिजनको मात्रा घट्छ र कार्वनडाइअक्साइडको मात्रा बढ्छ । त्यसले गर्दा मानिस थुप्रैपटक ब्युँझिरहेको हुन्छ, तर उसलाई थाहा हुँदैन । यस्तो अवस्थालाई ‘स्लिप एप्निया सिन्ड्रोम’ भनिन्छ ।

३. मोटोपन, थाइराइड र डिप्रेसनको समस्या भएमा । ४. मधुमेह र प्रोस्ट्रेट सम्बन्धी समस्या भएकाहरु, जसलाई राति छिनछिनमा पिसाब लाग्ने हुन्छ । ५. लागूऔषध दुव्र्यसनीहरुमा । ६. शरीरका भित्री अंगमा अप्ठेरो भएमा (जस्तैः लिभर, किड्नी, मुटुरोग, दम आदि) । ७. हर्मोनका कारण पनि धेरै निदाउने वा निदाउन नसक्ने हुन सक्छ । उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्ति दिनमा आठ घण्टा सुत्नुपर्ने हुन्छ । तर, जति उमेर बढ्दै जान्छ त्यति निन्द्रा घट्दै जान्छ । उमेर अनुसार मस्तिष्कको परिपक्वता बढ्दै जाने भएकाले निन्द्रा पनि उमेर अनुसार फरक पर्ने हुन्छ ।

निन्द्रा लगाउने उपाय

१. आफूलाई सहज हुनेगरी सुत्ने र उठ्ने समय सँधै एउटै बनाउने । २. बेलुकी खाना खाइसकेपछि कम्तिमा दुई घण्टा आराम गरेर मात्र सुत्ने । ३. सुत्ने बेला वा राति उठेर पानी खाने बानी छ भने त्यसलाई कम गर्ने । ४. घुर्ने समस्या भएकाहरुले उत्तानो परेर नसुत्ने । दायाँ कि बाँयातिर कोल्टे परेर सुत्ने । ५. दिउँसो सुत्ने बानी हटाउने । ६. धूमपान, मध्यपान र लागूपदार्थको सेवन नगर्ने । ७. स्वस्थ आहार लिने । ८. मोटोपन घटाउने । ९. नियमित व्यायाम गर्ने ।

Nidra

विशेष