मनोरञ्जन

विराटसँगको सम्बन्ध बारेमा खुल्न चाहन्नन् अनुष्का

विराटसँगको सम्बन्ध बारेमा खुल्न चाहन्नन् अनुष्का

चैत १० । सेलिब्रेटिको हरेक कुरामा आम मानिसको चासोको विषय बन्ने गर्छ । त्यसमाथि पनि उनीहरुको प्रेम सम्बन्धको बारेमा त चासो हुने नै भयो । यस्ता धेरै बलिउड सेलिब्रेटि छन् जो आफ्नो प्रेम सम्बन्धबारे खुलेर बोल्न चाहँदैनन् । तीमध्ये अभिनेत्री अनुष्का शर्मा पनि एक हुन् ।

यो वर्षको प्रणय दिवसमा उनका कथित प्रेमी विराट कोह्लीले उनीसँगको फोटो राख्दै प्रणय दिवसको शुभकामना दिएका थिए । त्यस्तैगरि महिला दिवसको दिन पनि विराटले सामाजिक सञ्जाल इन्स्टाग्राममा अनुष्का र आफ्नी आमासँग खिचिएको तस्विर राख्दै महिला दिवसको शुभकामना दिएका थिए ।

तर, अनुष्काले भने कहिल्यै विराटसँगको सम्बन्धबारे खुलेर पं्रतिक्रिया दिएकी छैनन् । विराटले जसरी उनले सामाजीक सञ्जालमा तस्विर पनि हाल्ने गरेकी छैनन् । कसैले यदि उक्त सम्बन्धकोबारेमा प्रश्न गरिहाल्यो भनेपनि उनी आफ्नो गोपनियताको हकको जवाफ फर्काउने गर्छिन् ।

मिडियाको यही प्रश्नमा उनले भनिन्, ‘म आफ्नो गोपनियतालाई सक्दो आदर गर्छु । त्यसकारण मेरो व्यक्तिगत मामलामा मलाई स्वतन्त्र रहन दिनुहोस् ।’ यती भन्दै उनले आफू आफ्ना प्रशंशकको मायाप्रति सधैँ आभारी रहने पनि बताउँछिन् ।

पछिल्लो समय धेरै बलिउड सेलिब्रेटिले आफ्नो प्रेम सम्बन्ध र डिप्रेसनको मामलामा खुलेर बोल्दा पनि अनुष्का भने चुप नै हुन्छिन् । यस विषमा उनी सबै कलाकारले लिने व्यक्तिगत निर्णय फरक हुने बताउँछिन् ।

यतिबेला अनुष्का आफै पनि निर्माता रहेको फिल्म ‘फिलौरी’ को प्रचारमा व्यस्त छिन् । उक्त फिल्ममा उनी भूतको भूमिकामा देखिदैँ छिन् ।

Anuska Sharma

विशेष