मनोरञ्जन

कसले बचाउँछ रेखालाई खराब नजरबाट ?

कसले बचाउँछ रेखालाई खराब नजरबाट ?
चैत १० । अभिनेत्री रेखा थापा अभिनित फिल्म ‘पलाँस’ को ‘हेल्प लिन सक्छौ’ बोलको गीत सार्वजनिक भएको छ । चैत १८ गते रिलिज हुने तयारीमा रहेको उक्त फिल्मको गीत युट्युबबाट सार्वजनिक भएको हो । चर्चित पप गायक सुगम पोख्रेलको स्वर रहेको उक्त गीतको लिरिकल भिडियो युवपुस्तामाझ लोकप्रिय भइसकेको छ । गीतमा अभिनेत्री रेखा थापा र नव नायक अयुब केसी पनि अभिनयमा देखिएका छन् । सुभाष कोइरालाको निर्देशनमा बनेको फिल्मलाई कृषा चौलागाईंले निर्माण गरेका हुन् ।

‘पलाँस’ युट्युब रेखा थापा हेल्प लिन सक्छौ

विशेष