इंग्ल्याण्डविरुद्धको खेलमा गोल गर्दै प्याडोलस्कीले फुटबलबाट सन्यास लिए


चैत्र–१० । आफ्नो अन्तिम खेलमा गोल गर्दै लुकास प्याडोलस्कीले जर्मनीलाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डविरुद्ध जित दिलाएका छन् । विश्वकप छनौटको तयारीमा रहेका बेला बुधबार राति भएको खेलमा जर्मनीले इंग्ल्याण्डलाई १–० ले पराजित गरेको हो । प्याडोलस्कीले ६९ मिनेटमा गरेको गोलले जर्मनीलाई जित दिलाएको हो । ३१ वर्षीय प्याडोलस्कीले कप्तानी गर्दै जर्मनीका लागि विजयी गोल गरे । १ सय ३० अन्तराष्ट्रिय खेल खेलेका प्याडोलस्कीले ४९ गोल गरेका छन् । उनी २०१४ मा देशले विश्व कप उपाधि जित्दा टोलीका प्रमुख खेलाडी मध्ये थिए । उनलाई मैदानमै विशेष कार्यक्रम गरेर विदाइ गरिएको थियो ।

यता विश्व कप छनोटभन्दा अगाडि खेलिएको यो खेल इङ्लिस प्रशिक्षक ग्यारेथ साउथगेटको भने पहिलो अन्तराष्ट्रिय खेल रह्यो । पूर्व प्रशिक्षक साम अलार्डेसलाई विस्थापन गर्दै साउथगेट प्रशिक्षक नियुक्त हुनुअघि उनले कार्यवहाक प्रशिक्षकको रुपमा ४ खेल खेलाउने अवसर प्राप्त गरेका थिए । जसमा उनी अविजित थिए । तर, देशको पूर्ण जिम्मेवारी पाएपछि भने उनको पहिलो खेलमै पराजय भोग्नु पर्यो । साउथगेटको सिर्जनशील रणनीतिका कारण इङ्ल्यान्डले खेल हारेपनि साउथगेटको भने प्रशंसा भएको छ । जर्मनी फुटबल मैत्रीपूर्ण खेल लुकास प्याडोलस्की सन्यास