मनोरञ्जन

निडर कंगनाका यस्ता छन् विवादित प्रशंग

निडर कंगनाका यस्ता छन् विवादित प्रशंग
चैत – १० । आज बिहीबार (मार्च २३) को दिन कंगनाको जन्मदिन हो । ‘तनु वेड्स मनु’, ‘क्वीन’, ‘ग्यांगस्टार’, ‘लाइफ इन अ मेट्रो’ जस्ता फिल्मबाट चौतर्फी प्रशंशा बटुलेकी कंगना बलिउडकी टप अभिनेत्रीहरुमध्ये एकमा पर्छिन् । बलिउड अभिनेत्री कंगना रनौटको सबैभन्दा ठूलो उपलब्धी यो हो की उनले कोही खानसँग पनि काम गरेकी छैनन् । बलिउडका खानसँग काम गर्ने सपना धेरै कलाकारको हुँदा कंगना भने उनीहरुसँग काम गर्ने इच्छा जनाउदिनन् । यदि काम गरिहाले पनि आफ्नो भूमिका हेरेरमात्र काम गर्ने उनको अठोट रहेको छ । कंगना बेला बेलामा सञ्चार माध्यममा छाउने गर्दछिन् । कहिले बलिउडका खानसँग काम नगर्ने कुरा गरे त कहिले निर्देशक करण जोहरलाई नातावादको आरोप लगार त कहिले ऋतिक रोसनलाई ‘सिली एक्स’को कुराले उनी सञ्चार माध्यममा छाइरहन्छिन् । कंगनाले आफ्नो करियरको सुरुवात सन् २००६ मा गरेकी थिइन् । सुरुसुरुमा उनीसँग कसैले पनि कुरा गर्न चाँहदैनथे । कंगनाको अंग्रेजी पनि उतिसोरो राम्रो थिएन । उनको अंग्रेजीलाई लिएर धेरै पटक उनको मजाक पनि उडाइयो । त्यसकारण कंगनाले आफ्नो अंग्रेजी सुधार्नका लागि धेरै पापड बेल्नुपरेको थियो ।
करण जोहरसँगको विवाद केही समयअघि रिलिज भएको कंगना अभिनित फिल्म ‘रंगुन’ को प्रचारको क्रममा कंगना र करण जोहरको जुहारी पर्यो । करणले कंगना भाइ भतिजावादको नाता नबुझ्ने र उनले महिला र पीडित कार्ड खेलेको आरोप लागाउँदै कंगनालाई यदि बलिउड ठीक नलागे छोड्नुपर्ने बताएका थिए । यही विषयमा कंगनाले एक अन्तर्वातामा करणले महिलालाई अपमान गरेको बताएकी थिइन् ।
ऋतिक रोसनसँगको विवाद कंगनाको नाम अभिनेता ऋतिक रोसनसँग पनि जोडियो । ‘क्रिस’ मा काम गरेपछि उनलाई ऋतिकसँग नाम जोड्न थालिएको थियो । तर, एउटा अन्तर्वार्तामा कंगनाले ऋतिकलाई ‘सिली एक्स’ भनेपछि कुरा विवादित बन्न पुग्यो । यही विवादमा ऋतिकका बाबु राकेस रोसनले ‘ऋतिकले यदि साँचो कुरा खुलायो भने सबै मानिस चकित पर्नेछन्’ भनेर बताएपछि कंगनाले प्रति उत्तरमा ऋतिक उमेरले बच्चा नभएको र सधैँ आफ्नो विवादको मामलामा पिताको सहारा लिनुपरेको बताएकी थिइन् ।
धम्कीसँग डराउदिनन् कंगना मिडियामा केही विषयमा निर्धक्क बोल्दा कंगनालाई धेरै धम्की आउँछन् । तर, उनी आफू त्यस्ता धम्कीबाट कत्ति पनि नडगमगाउने बताउँछिन् । फेसन, तनु वेड्स मनु र क्वीनजस्ता फिल्मबाट कंगनालाई तीनवटा राष्ट्रिय अवार्ड मिलिसकेको छ । हिमाचलमा जन्मिएकी कंगना १७ वर्षको उमेरमा नै काम गर्न सुरु गरिन् । उनी भन्छिन्, ‘यो सफलताको लागि मैले आफ्नो जिन्दगीको १० वर्षको उर्जाशील समय खर्चेकी छु । त्यो समय अब चाहेर पनि फिर्दैन । एक तर्फबाट हेर्दा मैले आफ्नो बालापन गुमाएँ । मेरो जीवनमा धेरै नराम्रा क्षण आए । त्यो समयमा मैले धेरै नराम्रा मानिसहरुसँग सम्पर्क पनि गर्नुपर्यो । कच्चा उमेरमा सम्पर्कमा आएका ती व्यक्ति यति नराम्रा थिए की सोच्न पनि सकिँदैन ।’ जहाँसम्म कंगनाका विवादका कुराहरु छन् । यस विषयमा उनी भन्छिन्, ‘मलाई कुनै पनि कुरामा लाज लाग्दैन । न मेरो अतीतसँग, प्रेम प्रसंग र न मेरा इच्छाहरु ।’ तीन खानसँग फिल्ममा काम गर्नेबारे कंगना भन्छिन्, ‘मलाई खानसँग फिल्म खेलनका लागि धेरै प्रस्तावहरु आए । तर मलाई काम गर्न मन छैन किनभने मलाई उनीहरुको बराबरी काम चाहिन्छ ।’

kangana ranaut

विशेष