समाज

एसईई परीक्षामा मर्यादा विपरित अनुगमन

एसईई परीक्षामा मर्यादा विपरित अनुगमन
चैत्र - १० । जाजरकोट जिल्लाका विभिन्न परीक्षा केन्द्रहरुमा परीक्षाको मर्यादा विपरित अनुगमनकर्ताको भीड लाग्ने गरेको छ । सरकारले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा नाम दिएको एसइइको अनुगमनका नाममा जिल्ला शिक्षा कार्यालयका कर्मचारी र अन्य व्यक्तिहरु आफ्ना छोराछोरीहरु भएको केन्द्रमा घुइचो लाग्ने गरेका छन् ।
[caption id="attachment_62178" align="aligncenter" width="640"] तस्वीरः— दीपबहादुर घर्ती / त्रिभुवन मावि दल्ली परीक्षा केन्द्रमा अनुगमन गर्न भन्दै आएका शिक्षा कार्यालयका कर्मचारीहरु लगाएतका अन्य व्यक्तिहरुको भीड ।[/caption]
शिक्षा कार्यालयका कर्मचारीहरुलगाएत विभिन्न संघ/संस्थावाट शिक्षा कार्यालयको पत्र लिएर गएकाहरु एकै परीक्षा केन्द्रमा घुइचो लागेका कारण समस्या परेको केन्द्राध्यक्षहरुको गुनासो रहेको छ । जिल्ला शिक्षा कार्यालयले कार्यालय सहयोगीदेखि विभिन्न क्षेत्रका व्यक्तिहरुलार्इ अनुगमनको पत्र दिएपछि परीक्षा केन्द्रमा अनावश्यक भीड लाग्ने गरेको हो । कार्यालयले अनुगमनमा खटाएका कर्मचारीहरु आफ्ना छोराछोरी र आफन्त भएका परीक्षा केन्द्रमा थुप्रिएपछि परीक्षाहल र केन्द्रको हातामा अनावश्यक भीड देखिएको हो । कार्यालयको चिठी देखाउँदै आफ्नो परीक्षा केन्द्रमा १३ जना अनुगमनकर्ताहरु आएको र उनीहरु सधै परीक्षा केन्द्रमै वस्ने गरेको त्रिभुवन मावि दल्ली परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर शाहीले वताए । उनले अनावश्यक रुपमा कार्यालयले अनुगमनकर्ताको पत्र थमाएर पठाएको बताए । परीक्षामा पत्रकारदेखि शिक्षकका नेता र कार्यालयका कर्मचारीहरुको भीडले आफूलार्इ समस्या परेको केन्द्राध्यक्ष शाहीले बताए । जो पनि आउछ शिक्षा कार्यालयको पत्र देखाउछ मैले कसरी कार्यालयको पत्रको अवज्ञा गर्नु ? उनले भने । उनी मात्र होइन अन्य परीक्षा केन्द्रका केन्द्राध्यक्षहरु प्नि अनुगमनका नाममा धेरै व्यक्तिहरुको परीक्षा केन्द्रमा प्रवेशले परीक्षा व्यबस्थित ढंगले सन्चालन गर्न समस्या परेको वताउने गरेका छन् । त्यस्तै परीक्षार्थीहरुले पनि परीक्षा केन्द्रमा धेरै व्यक्तिहरुको प्रवेशले आफूहरुलाइ अप्ठेरो भएको बताउने गरेका छन् । त्रिभुवन मावि खलंगाको तर्फवाट दल्ली केन्द्रमा परीक्षा दिइरहेका विवेक शाहले परीक्षामा धेरै व्यक्तिहरुको आवात–जावतले आफुहरुलाइ वाधा पुगेको वताए । उनले घरी घरी अन्य मान्छेहरु परीक्षा हलमा आउदा आफूहरुलाई अप्ठेरो लाग्ने गरेको बताए । जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले परीक्षा अनुगमन गर्न भनेर खटाइएका कर्मचारीहरुले इमान्दारी पुर्वक परीक्षा केन्द्रमा नवसेको बताए । परीक्षा केन्द्रमा अनावश्यक रुपमा प्रवेश गर्ने व्यक्तिहरुलाई नियन्त्रण गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन गरिएको बताए । उनले कार्यालयका तर्फवाट कार्यालय सहयोगीलाई समेत अनुगमनमा खटाइएको विषयमा भने केहि बोल्न चाहेनन् । परीक्षाको मर्यादा कायम राख्नभन्दा वढी परीक्षा केन्द्रमा भीड गर्न अनुगमन कर्ताहरु सक्रिय रहेको सरोकारवालाहरु बताउछन् । परीक्षा सुधार गर्नेभन्दा वातावरण विगार्ने काममा अनुगमन कर्ताहरुको भुमिका रहेको उनीहरुको भनाइ छ । शिक्षा कार्यालयले हचुवाको भरमा परीक्षा अनुगमन भन्दै जथाभावी पत्र लेख्ने गरेको सरोकारवालाहरुको गुनासो छ । जिल्ला भरि रहेका १९ परीक्षा केन्द्रमा शिक्षा कार्यालयले आफना कर्मचारीहरु र अन्य क्षेत्रका व्यक्तिहरुलाई परीक्षा अनुगमनका लागि खटाईएको जनाएको छ । दुर्गमका परीक्षा केन्द्रमा प्राय कोही नजाने र उनीहरु पायक पर्ने र आफन्तहरु हुने ठाउँमा मात्र भीड लाग्ने गरेको पाइएको छ ।
दीपबहादुर घर्ती / जाजरकोट  

विशेष