ताजा खबर

प्युठानमा जीप दुर्घटना ६ जनाको मृत्यु

प्युठानमा जीप दुर्घटना ६ जनाको मृत्यु
चैत्र ११ ।  प्युठानको भिंग्री–६ रुमालेमा जीप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौबाट स्वर्गद्धारी मन्दिर दर्शनको लागि दर्शनार्थी लिएर गएको बा ८ च १५६१ नम्बरको स्कारपियो जीप दुर्घटना भएकोे हो । काठमाडौंबाट स्वर्गद्वारी दर्शनका लागि जादै गरेको दुर्घटनामा परि चालक सहित ३ जना गम्भीर घाइते भएका छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्युठान प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री पठाइएको छ । गाडी बिहान साढे ७ बजे सडकबाट अन्दाजी ३ सय मीटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ । साँघुरो सडकको घुम्तीमा सवारी मोड्न नसक्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।

विशेष