समाज

२४ दिन पछि भारतीय दुतावासमा नयाँ राजदूत

२४ दिन पछि भारतीय दुतावासमा नयाँ राजदूत
चैत्र ११ । नेपालका लागी नवनियुक्त भारतीय राजदुत मन्जिभ सिंह आज काठमाडौं आउँदैछन् । सिंहले आगामी सोमबारबाट कार्यभार सम्हाल्ने छन् । निवर्तमान राजदूत रणजित रे कार्यकाल पुरा गरी २४ दिनअघि फिर्ता भएपछि सो स्थानमा सिंह नियुक्त भएका थिए । मार्च १ देखि दूतावास राजदूत बिहीन भएपनि उपप्रमुख विनय कुमारले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका छन् । कुटनीतिक मामिलाका विज्ञ नव नियुक्त राजदुत सिंह १९८२ का ब्याचका भारतीय परराष्ट्र सेवाका अफिसर हुन् । सिंह युरोपियन युनियन, बेल्जियम र लक्जेम्वर्गका लागी भारतीय राजदुतका रुपमा काम गरि सकेका छन् ।

Manvit Singh

विशेष