खेल

मेसीको गोलमार्फत अर्जेटिनाले चिलीसँग बदला लियो

मेसीको गोलमार्फत अर्जेटिनाले चिलीसँग बदला लियो

चैत ११ । विश्वकप फुटबल छनोटअन्तर्गत दक्षिण अमेरिकी समूहको छनोट खेलमा ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र पाराग्वे विजयी भएका छन् ।

आज बिहान सम्पन्न खेलमा ब्राजिलले उरुग्वेलाई ४–१ ले हरायो । खेलमा ब्राजिललाई विजयी गराउन पाउलिन्होले ह्याट्रिक गरे भने नेईमारले एक गोल थपे ।

आजै बिहान भएको अर्को खेलमा अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको छ । आफ्नै मैदानमा अर्जेन्टिनालाई विजयी गराउन लियोनल मेस्सीले पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो । यसअघि अमेरिकी कपको फाइनलमा भएको पराजयको बदला अर्जेटिनाले लिएको छ ।  यसैगरी कोलम्बियाले बोलिभियालाई १–० ले हराउँदा पाराग्वेले ईक्वेडरलाई २–१ ले पराजित र्गयो । भेनेजुएला र पेरुले भने २–२ गोलको बराबरी खेलेका छन् ।

आज बिहानका खेलपछि विश्वकप फुटबल छनोट लेटिन अमेरिकी समूहको अंक तालिकामा १३ खेलबाट ३० अंक जोडेको ब्राजिल शीर्ष स्थानमा छ । समान खेलबाट २३ अंक जोडेको उरुग्वे दोस्रो स्थानमा छ । तेस्रो स्थानको अर्जेन्टिनाको २२ अंक छ भने २१ अंक जोडेको कोलम्बिया चौथो स्थानमा रहेको छ । पाँचौ स्थानको ईक्वेडरको २० अंक छ ।

१० टोली सहभागी ल्याटिन अमेरिकी छनोट समूहबाट शीर्ष चार टोली सोझै विश्वकपमा पुग्छन् भने पाँचौ हुने टोलीले प्ले अफ खेल्नुपर्नेछ ।

WCP Qualifier

विशेष