स्वास्थ्य

आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउँदै

आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउँदै
चैत ११ । विश्व क्षयरोग दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी शुक्रबार मनाइँदैछ । हरेक वर्ष मार्च २४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । क्षयरोग माईक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ । एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् । औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमिततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

World TB Day

विशेष