परिषद्लाई कबड्डी निर्वाचनमा कारण देखाऊ आदेश
चैत्र–१२ । नेपाल कबड्डी संघको शनिबार तय गरिएको निर्वाचनका सम्बन्धमा पाटन उच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्लाई कारण देखाऊ आदेश दिएको छ ।
संघका अध्यक्ष लालकुमार लामाले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । निर्वाचन आचारसंहिता लागू भएको भन्दै निर्वाचन आयोगले गत फागुन २५ गते युवा तथा खेलकुद मन्त्रालयको नाममा परिषद् तथा त्यस मातहतका निकायमा निर्वाचन नगर्न पत्राचार गरेको थियो ।
सोही निर्देशन अनुरुप परिषद्को कर्मचारी संघको निर्वाचन रोकिएको थियो । तर परिषद् अन्तर्गतकै कबड्डी संघको चुनाव गर्न भने परिषद्ले स्वीकृति दिएको थियो ।
अदालत
कबड्डी निर्वाचन
कारण