आयरल्याण्डका कप्तानको खेल दौरानमै खुट्टा भाँचियो, अक्सिजन दिएर मैदान बाहिर


चैत्र–१२ । रिपब्लिक अफ आयरल्याण्डका कप्तान सिमस कोलम्यानको खेलको क्रममा खुट्टा भाँचिएको छ । रुसमा हुने विश्वकप २०१८ को छनौट अन्तर्गत शुक्रबार राति वेल्ससँगको गोलरहित बराबरी खेलमा कोलम्यानको खुट्टा भाँचिएको हो । दोस्रो हाफमा निल टेलरसँगको ट्याकलको क्रममा कोलम्यानको खुट्टा भाँचिएको हो । त्यसपछि टेलर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । कोलम्यानको खुट्टा निकै खराब तरिकाले भाच्चिएका आयरल्याण्डका प्रशिक्षक मार्टिन ओनिलले बताएका छन् ।

कोलम्यानलाई अक्सिन दिएर मैदानबाट बाहिर लगिएको थियो । अहिले उनलाई अस्पताल भर्ना गरिएको प्रशिक्षक ओनिलले बताएका छन् । ओनिलले भने,‘यो एभरटन र हामीलाई ठूलो क्षति हो । तर उनी फेरि मैदानमा फर्किनेमा मेरो आशा छ ।’ घटनापछि निल टेलर निराश भएको वेल्सका प्रशिक्षक क्रिस कोलम्यानले बताएका छन् । घटनाप्रति आफूहरु निकै दुःखी रहेको र टेलरले नियतबस केही नगरेको प्रशिक्षक कोलम्यानले बताए । अक्सिजन खुट्टा रिपब्लिक अफ आयरल्याण्ड विश्वकप छनौट सिमस कोलम्यान